१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बाग्लुङमा आगलागी; लाखौँको क्षति

sarusaru
३ फाल्गुन २०७४, बिहीबार ०८:२६

बागलुङ : बागलुङ जिल्लाको बडीगाड गाउँपालिका वडा न ७ बाँस्कोटमा बुधवार आगलागी हुँदा दुई घर जलेका छन्। स्थानीय देवबहादुर गुरुङको घरमा बिहान लागेको आगोका कारण उनको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। आगलागीबाट गुरुङको घरमा रहेको नगद ३ लाख ५० हजार सहित १० तोला सुन, अन्नपात लत्ताकपडा र कागजात जलेर नष्ट भएको बडीगाड गाउँपालिका वडा ७ का अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए।

आगलागीबाट देवबहादुरको घरसँगै रहेको ओमबहादुर गुरुङको घरमा पनि आंशिक क्षति पुगेको छ। आगलागीबाट गुरुङको घरको बार्दली र बाख्राको खोर जलेर नष्ट भएको छ। आगलागीबाट कुनै मानवीय र पशु चौपायामा भने क्षति नभएको उनले बताए। घर जलेपछि गुरुङ परिवार आफन्तको घरमा आश्रय लिएका छन्।

घरमा बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। इलाका प्रहरी कार्यालयस भिमगीठेको टोली स्थानीयबासी जनप्रतिनिधि लगायतको प्रयासमा आगो लागेको दुई घण्टा पछि नियन्त्रणमा आएको थियो। घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी इन्चार्ज भोजबहादुर बानियाले जानकारी दिए।