१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विवाह समारोहमा मारिनेको सङ्ख्या ५० पुग्यो

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७३, आईतवार १४:१७

टर्की । टर्कीको घाजियान्टेप सहरमा शनिबार अबेर राति एक विवाह समारोह भइरहेको एक स्थानमा भएको आत्मघाती बम आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ५० पुगेको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन्

तर यो आत्मघाती बम आक्रमणकारी इस्लामिक स्टेट्स आइएस समूहसँग आवद्ध भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले दावी गर्नुभएको छ ।

घाजियान्टेपका गभर्नर अलि येर्लिकायाद्वारा प्रकाशित एक विज्ञप्तिमा विवाह समारोह लक्षित यस बिभत्स आतङ्ककारी आक्रमणमा परी मारिनेको सङ्ख्या ५० पुगेको पुष्टि गर्नुभएको छ । सुरुमा उहाँले यस आक्रमणमा परी मारिने सङ्ख्या कम्तीका ३० हुृनुको साथै अन्य ९४ जना घाइते भएका जानकारी दिनु भएको थियो ।