१३ बैशाख २०८१, बिहीबार
Follow Us

मुलुकले एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुक्ति पायो : सिलवाल

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७४, बिहीबार १२:५९

काठमाडौं । देउवा सरकारका पालामा सर्वाधिक खोजीको पात्र बनेका सांसद नवराज सिलवालले केपी ओली प्रधानमन्त्री बन्नेवित्तिकै प्रतिक्रिया सार्वजनिक गरेका छन् । सिलवालले बिहीबार ट्वीट गर्दै कांग्रेस सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि आक्रोश पोखेका छन् । ट्वीट अकाउन्टमा सिलवाले देउवातर्फ संकेत गर्दै भनेका छन्,‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’सिलवालमाथि हिजोसम्म सरकारी कागजात कीर्ते गरेको आरोपमा अदालतमा मुद्दा दायर गर्ने प्रयास भएको थियो ।