२६ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनको बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति विस्तार

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७४, बिहीबार २०:४८

लण्डन। गैर–आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषद बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिको विस्तार गरिएको छ । समितिका संयोजक डीबी क्षेत्रीले बिहीवार सो समितिलाई अन्तिम रुप दिएका हुन् । समितिमा क्षेत्रिय संयोजकहरु समेत तोकिएको छ जस अनुसार मध्यपूर्वका जोन अर्याल सहसंयोजक, मध्यपूर्वका लागि सदस्यहरुमा, युएइबाट रमेश श्रेष्ठ, इजरायलबाट सुवास सिम्खडा, बहराइनबाट लक्ष्मी गिरी, ओमनबाट गुणहरी अधिकारी छन् ।

यस्तै खुशी लिम्बु युरोप सहसंयोजक, सदस्यहरुमा लक्ष्मी प्रसाद भट्टराई (पोल्याण्ड), कुबेर कार्की (पोर्चुगल), हेमराज पौडेल (जर्मनी), टिकाराम साप्कोटा (निदरल्याण्डस) रहेका छन्। अमेरिकाका बिनोद भट्ट सहसंयोजक, सदस्यहरुमा अमेरिकाबाट पर्शुराम भण्डारी, कोमल साप्कोटा, सुमन वस्ती र एसिया प्यासिफिक आस्था मल्ल सहसंयोजक एशिया प्यासिफिक क्षेत्रबाट सदस्यहरुमा मुकेश बरुवाल मकाउ, खगेन्द्र न्यौपाने मलेशिया, अफ्रिका, पदम राना सहसंयोजक, सुरज डुम्रे केन्या विस्वास पौडेल नाइजेरिया, ओसिनियाका चोलाकान्त खनाल सहसंयोजक, ओसिनियाबाट सदस्यहरुमा, बिजय फुंयाल, मुरारी लम्साल र सन्जय श्रेष्ठ छन् ।

समितिको सल्लाहकारहरुमा रामेश्वर शाह, सोम साप्कोटा र रजनी प्रधान चयन भए । यस्तै मिडियामा दामोदर नेपाल, नवराज पोखरेल र सुजन केसी रहेको समितिले जनाएको छ ।