१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘छक्का पञ्जा २’ लण्डनमा, हेर्न छुट्ला नि

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७४, शुक्रबार ०१:५५

लण्डन । नेपाली चलचित्र ‘छक्का पञ्जा २’ लन्डनमा रहेका दर्शकमाझ प्रदर्शन हुने भएको छ । आगामी आइतवार साँझ ह्यारो फुटबल कल्व हलमा भएको ‘छक्का पञ्जा २’ शोको तयारी गरिएको छ । बेलायतस्थित छक्का पञ्जा २’ चलचित्र प्रदर्शनका लागि आयोजक ह्याव अ मोमेन्टमा नविन गुरुङका साथै नेप्लिज इन्टरटेनमेन्ट समूहमा वीरेन खड्का, अनिल मल्लको आयोजनामा बेलायतका दर्शकमाझ फिल्म प्रदर्शन गरिएको हो। यस अघि अल्डरशटको शो को अपार सफलता पछि लन्डनमा प्रदर्शन गर्न लगिएको हो ।

फिल्मकी निर्देशक निरौला तथा कलाकारहरु दीपकराज गिरी, बर्षा राउत, प्रियंका कार्की, स्वस्तिमा खड्का, जितु नेपाल, केदार घिमिरे, स्वरुपपुरुष ढकाल, शिवहरि पौडेल, बुद्धि तामाङ, किरण केसी पनि मुख्य भूमिकामा रहेका छन् ।

फिल्मको हरिवंश आचार्य र आस्था राउतले गाएको ‘झ्याम्म झ्याम्म’ र ‘ए दाजु नसमाउ नाडीमा जान्न म त डिजेलको गाडीमा’ बोलको गीत निकै चर्चित भइसकेको छ ।

डेढ करोडको लागत रहेको फिल्ममा २ वटा गीत रहेको छ । फिल्मको काठमाडौँ पोखरा, गुल्मी, पाल्पा, पनौती लगायतका स्थानहरुमा छायाङ्कन गरिएको छ। आमा सरस्वती मुभीज र आईएमईको ब्यानर, दीपक–दीपाको प्रस्तुती तथा विकास आचार्य कार्यकारी निर्माता रहेको फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।