तीन लाख घुससहित सवइन्जिनियर श्रेष्ठ पक्राउ

  ५ भाद्र २०७३, आईतवार १४:१८ मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु तीन लाख घुससहित काठमाडौँ महानगरपालिकाका– ३ का सवइन्जिनियर दिनेश श्रेष्ठलाई आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता गणेशराज कार्कीका अनुसार सवइन्जिनियर श्रेष्ठले घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि एक सेवाग्राहीसँग महाराजगन्जस्थित रेस्टुराँबाट घुस रकमसहित पक्राउ गरिएको हो ।

सवइन्जिनियर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधरामा पुगेको आयोगको टोलीले पक्राउ गरी थप अनुसन्धान जारी राखेको बताइएको छ ।

प्रतिक्रिया