१२ बैशाख २०८१, बुधबार
Follow Us

शेरबहादुर देउवा सरकारी निवास छोड्दै

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७४, शुक्रबार ०४:३८

काठमाडौं । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर देउवाले आज सरकारीनिवास बालुवाटार छोड्नु हुने भएको छ । उहाँ बालुवाटारबाट बूढानीलकण्ठस्थित निजी निवास जानुहुनेछ । ‘देशले नयाँ प्रधानमन्त्री पाइसकेकाले आज बालुवाटार छोडेर उहाँ बूढानीलकण्ठस्थित निजी निवासमा जाने’ देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनु भयो ।