१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पार्टी एकता टुंगो लगाउन एमाले माओवादीको बैठक बस्दै

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७४, शुक्रबार ०४:४०

काठमाडौं । पार्टी एकताको विषय टुंगो लगाउन एमाले र माओवादी केन्द्रबीच आज छलफल हुँदैछ । एकता संयोजन समितिको बैठक बिहीबार बस्ने भनिए पनि सरकार गठन लगायतका कामले नभ्याइएकाले बैठक आज बस्ने तगारी भएको नेताहरुले बताएका छन ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको खाका तयार भैसकेपनि केही विषयमा कुरा मिल्न बाँकी रहेको छ ।

पार्टी एकतामा कुरा मिल्न बाँकी भएकै कारण माओवादी सरकारमा सहभागी नभएको हो । पार्टी एकता संयोजन समितिको बैठकमा पार्टीको नेतृत्व र कार्यदिशाको बारेमा कुरा नमिलेको माओवादी नेताहरुले बताएका छन् । माओवादीले पार्टी एकता र सरकार गठनको विषय प्याकेजमै टुंग्याउने बताइरहेको छ भने एमालेले सरकार गठनपछि पनि पार्टी एकताको विषय टुंग्याउन सकिने बताउँदै आएको छ ।