१५ चैत्र २०८०, बिहीबार
Follow Us

डा पाण्डेलाई ‘लाइफटाइम डाइबेटिज अवार्ड’

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७४, शनिबार ११:५३

काठमाडौं । डाइबेटिज नेपालले लामो समयदेखि स्वास्थ्य क्षेत्रको खोज तथा अनुसन्धानमा क्रियाशील डा मृगेन्द्रराज पाण्डेलाई ‘लाइफटाइम डाइबेटिज अवार्ड’ आज प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उहाँलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा डा पाण्डेले बढ्दो शहरीकरण र विलासी जीवनका कारण पनि मधुमेहको समस्या विकराल बन्दै गएको हुँदा आहारविहारमा सन्तुलन कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मधुमेहले शरीरका सबै अंगमा क्षति गर्ने भए पनि मिर्गौला, मुटु र हाड्डीमा छिटो नोक्सानी गर्ने जानकारी दिँदै यसलाई निर्मूल गर्न स्थानीय तहदेखि नै सचेतना अभियान सञ्चालन गरिनुपर्ने बताउनुभयो । डाइबेटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्योंले मुलुकमा करिब १० लाख मधुमेहको रोगी रहेको बताउँदै उमेर र शारीरिक क्रियाकलाप, तोकिएको क्यालोरीको परिणामअनुसार प्राप्त भोजन सेवन आग्रह गर्नुभयो ।

सन् २०१० मा स्थापना भएको उक्त संस्थाले गत माघ २६ गतेदेखि आजसम्म डाइबेटिज सचेतना कार्यक्रम सञ्चालन गरी स्वास्थ्यकर्मी र सर्वसाधारणकाबीच अन्तक्र्रिया तथा सचेतना गरेको छ ।