१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता, राजावादीद्वारा भव्य स्वागत

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७४, शनिबार १४:०८

काठमाडौं । पूर्वराजा ज्ञानेन्द शाह भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किका छन् । उनको स्वागत गर्न राजावादीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले पूर्वराजा शाहलाई बाजागाजा र फूलमालासहितले स्वागत गरे । विमानस्थल पुगेकाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए ।
पुर्व राजा उडिशास्थित गोवर्धनमठ पुरीमा भएको शंकराचार्य निश्चलानन्द सरस्वती पिठाधिस भएको २५ बर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सहभागि हुन माघ २२ गते भारत गएका थिए । सो क्रममा पूर्व राजा शाहले केही धार्मिक स्थलको भ्रमण समेत गरेका थिए । शंकराचार्य निश्चलानन्द सरस्वती आदि शंकराचार्यका प्रतिनिधि मानिन्छन् । भ्रमणका क्रममा पूर्व राजाले केही राजनीतिक भेटघाट समेत गरेका थिए ।