१३ बैशाख २०८१, बिहीबार
Follow Us

पल र आँचलको विहे यस्तो भयो

sarusaru
६ फाल्गुन २०७४, आईतवार ०५:०२

रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीतबाटै चर्चामा रहेको यस वर्षको प्रतिक्षीत फिल्म ‘शत्रु गते’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु फिचर्ड छन् । हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आँचल शर्माको जोडी पोस्टरमा देखाइएको छ ।

एक पोस्टरमा पल र आँचललाई मधेशी बेहुला-बेहुलीको रुपमा प्रस्तुत गराइएको छ । निर्देशक प्रदीप भट्टराईका अनुसार, थिम अनुसार नै फिल्मको पोष्टर तयार गरिएको हो ।

उनले भने, ‘पल पहाडिया युवकका रूपमा भए पनि आँचलले मधेसी युवतीको भूमिका निर्वाह गरेकी छिन् । यसकारण विवाह मधेसी शैलीमा नै गरिएको हो । यी दुईको विवाहमा अरू पात्रहरू बाधक बन्छन् ।’

दोस्रो पोस्टरमा नायिका प्रियंका कार्कीलाई प्रहरी पोशाकमा दीपकराजको गलबन्दी तानेको देखाइएको छ । यस्तै, तेस्रो पोस्टरमा दीपाश्रीलाई अडेस लगाएर हरिवंश रोमान्टिक बनेका छन् ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाललगायतको पनि अभिनय रहेको छ । ‘शत्रु गते’ लाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ ।

पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् । यसमा छायांकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् ।

दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य फिल्मको निर्मातामा रहेका छन् । ‘शत्रु गते’ चैत्र ९ बाट देशैभर प्रदर्शनमा आउँदैछ ।