१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बालिका बलात्कार गरी फरार रहेका युवक पक्राउ

sarusaru
६ फाल्गुन २०७४, आईतवार ०८:०५

काठमाडौं । १३ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

उदयपुर कटारी नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचौक बस्ने २२ वर्षीय दिनेश गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो। दिनेशले गत माघ २७ गते कागेश्वरी मनोहरा नगरपालिका-८ घर भएकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए।

त्यस्तै बलात्कारको आरोपमा रोल्पाका पनि एक जना पक्राउ परेका छन्। रुन्टिगढी-३ जवाङ स्थित २८ वर्षीया महिलालाई बलात्कार गर्ने दिलिप घर्तीलाई प्रहरीले पक्राउ गरेको हो। गाउँकै किराना पसलबाट सामान किनी फर्कने क्रममा दिलिपले महिलालाई कुटपिट गरी बलात्कार गरेको प्रहरीले जनाएको छ। शनिबार पक्राउ परेका १९ वर्षीय घर्ती विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-डिसी नेपालबाट ।