७ बैशाख २०८१, शुक्रबार
Follow Us

तनहुँका विष्णु साउथ इण्डियन फिल्मको मुख्य ‘हिरो’

sarusaru
६ फाल्गुन २०७४, आईतवार ०८:१२

काठमाडौं। नेपाली युवाहरुले एकपछि अर्को सफलता पाउन थालेका छन् । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने संसारकै प्रतिष्ठित लिग आइपिएलमा छनोट भएर तारिफ बटुलिरहेका बेला अर्का नेपाली युवा सिने क्षेत्रमा चम्किएका छन् । बलिउडलाई टक्कर दिने दक्षिण भारतीय तेलुगु फिल्ममा नेपाली युवा मुख्य भूमिकामा देखिँदैछन् ।

तनहुँमा जन्मिएर ३ वर्षको उमेरमै भारत पुगेका युवा विष्णु अधिकारी अहिले तेलुगु फिल्म ‘एक’ मा हिरोको भूमिकामा देखिँदैछन् । उनी अहिलेसम्म दक्षिण भारतमै बस्दै आएका छन् । आफू लामो समयदेखि त्यतै भएकोले तेलुगु फिल्ममा हिरो बनेको उनले बताए । उनको परिवार काठमाडौंको सितापाइलामा बस्छन् । आफू पनि बेलाबेलामा नेपाल आइरहने उनले बताए ।
– डिसी नेपालबाट ।