१५ चैत्र २०८०, बिहीबार
Follow Us

ओली र दाहालबीचको चार घन्टा लामो वार्ता निष्कर्षविहिन

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७४, आईतवार ११:१७

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको वार्ता निष्कर्षविहिन भएको छ । प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल सत्ता समिकरण र एकिकृत पार्टीको पद ब्यवस्थापन केही दिनमै टुग्याउन सहमत भएको समाचार सार्वजनिक गरिएको छ । झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दूर्गा प्रसाईंको निवास भक्तपुरको ठिमीस्थित निवासमा आज भएको बैठकमा पार्टी एकता र सरकारमा सहभागिताको विषय एक–दुई दिनमै टुग्याउन दुई नेता सहमत भएका हुन ।

बिहान एघार बजेदेखि दिउँसो तीन बजेसम्म करिव ४ घण्टासम्म भएको छलफलमा पार्टी एकता र राजनैतिक नियुक्तीका विषयमा गम्भिरतापूर्वक छलफल भएको नेताहरुले जानकारी दिएका छन् । वैठकमा दुई दलबीच विवादमा रहेका विषयमा ठोस सहमति भने हुन नसकेको बताइएको छ । केही विषयमा पार्टीगत तहमा पनि थप छलफल आवश्यक भएको भन्दै पुन वान टु वान बार्ता गर्ने गरि बैठक सकिएको नेताहरुले बताएका छन् । पछिल्लो समय दुई दलका बीचमा पार्टीले एकतापछि अवलम्बन गर्ने सिद्धान्त तथा पदीय भागबण्डामा कुरा अडकिएको छ ।

एकीकृत पार्टीको नाम र नेतृत्वमा मोटामोटी सहमति जुटिसकेको छ । नमिलेका विषय टुग्याउन एकता संयोजन समितिले कार्यदल बनाउने तयारी गरेको छ । माओवादी केन्द्रले पदीय बाँडफाँड र सरकारमा सहभागिताको विषय प्योकजमै सहमति गर्नुपर्ने अडान लिएको छ ।