१४ बैशाख २०८१, शुक्रबार
Follow Us

७२ पेजका साथमा कान्तिपुरले २५ वर्ष मनाउँदै; पुराना समाचारको नयाँ सम्झना

sarusaru
७ फाल्गुन २०७४, सोमबार ०४:०७

सरु पौडेल , काठमाण्डौ – सातै प्रदेशबाट एकैसाथ प्रकाशित हुने र सर्वाधिक बिक्री हुने नेपालको राष्ट्रिय दैनिक पत्रिका कान्तिपुरले २५ वर्ष पूरा गरी २६ वर्षमा लागेको छ । २०४९ सालमा ४ पेजमा प्रकाशित हुने समाचार हाल २४ पेजमा प्रकाशित हुने गरेको छ । तर आज २५ औँ वार्षिकोत्सवको अवसर पारेर कान्तिपुर ७२ पेजमा विभिन्न वर्षका विभिन्न समाचारहरुका साथमा प्रकाशित भएको छ । कान्तिपुरका आजका समाचार पुराना सम्झनामा बढी संकलन भएका छन् । २०४९ सालदेखि हालसम्म आउँदा केकस्ता समाचारहरु कान्तिपुरले प्रकाशित ग¥यो भन्ने कुरा आजको कान्तिपुरले जानकारी दिएको छ । २०६२ ÷६३ अघिको सङ्कटकाल , जनआन्दोलन र शक्तिशाली भुकम्पका समाचारहरु फोटोका रुपमा देखिएका छन् । राजसंस्थाका समाचारहरु , माओवादी जनयुद्धका समाचारहरु ,व्यङ्ग्यात्मक तथा रोचक कार्टुनहरु आदि समाचारहरुलाई आज सङ्कलन गरिएको छ । कान्तिपुरको सुरुको श्यामश्वेत रुप र अहिलेको रङ्गिन रुप पनि छापिएको छ ।

सुरुदेखि हालसम्म प्रकाशित भएका मुख्य मुख्य समाचारहरु; राष्ट्र र राष्ट्रियता , भाषा,कला,साहित्य, संस्कृति सम्पूर्ण पक्षलाई आजको कान्तिपुरमा ठाउँ दिइएको छ । कान्तिपुरले आजसम्म गदै आएका संघर्सहरु पनि आजको कान्तिपुरबाट थाहा पाउन सकिन्छ ।