१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओली सरकारी निवासमा

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७४, सोमबार ०३:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुभएको छ । हिजो साँझपख बालुवाटार सर्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गएको वर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको बोट रोप्नुभएको थियो । १९ महिनापछि त्यही पीपलको बोटमा पानी हालेर प्रधानमन्त्री ओली बालुवाटार प्रवेश गर्नुभयो ।