१४ बैशाख २०८१, शुक्रबार
Follow Us

परिवर्तनको समीक्षा हुनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७४, सोमबार ०३:३३

काठमाडौं । प्रजातन्त्र दिवसकै अवसरमा शुभकामना दिँदै पूर्व राजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक व्यवस्थाबाट जनता हैरान भएको बताउनु भएको छ । शुभकामना सन्देशमा उहाँले, ‘प्रजातन्त्र भनेको निर्वाचनको आयोजना मात्र हो भन्ने भ्रम राखिएको छ, २०६३ वैशाख ११ पछिका परिवर्तनको समीक्षा गर्ने बेला आएको छ’ भन्नु भएको छ । पूर्वराजा शाहले प्रजातन्त्र संस्थागत गर्ने क्रममा गरिएका सहमति कार्यान्वयन नभएको गुनासो गर्नु भएको छ ।