१५ चैत्र २०८०, बिहीबार
Follow Us

एउटै खेलमा १० वटा रेडकार्ड, खेल स्थगित

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७४, सोमबार ०४:०२

रियो द जेनेरियो । ब्राजिलमा एउटै फुटबल खेलमा १० वटा रातो कार्डको कीर्तिमान बनेको छ । बाहिया स्टेट च्याम्पियनसीप फुटबलमा बाहिया र भिटोरिया क्लबबीच भएको खेलमा १० रातो कार्ड देखाइएको हो । १० वटा रातोकार्ड देखाइएपछि रेफ्रीले खेल स्थगित गर्नु भएको छ । तर, यो खेलमा बाहियालाई ३–१ को जित दिन सकिने सम्भावना प्रबल छ ।
खेलको पहिलो हाफमा घरेलु टोली भिटोरियाले १–० को अग्रता लियो । दोस्रो हाफमा पाहुना टोलीले पाएको पेनाल्टीलाई गोलमा बदलेपछि तनाव सुरु भयो ।
दुबै टोलीका खेलाडीले मुक्का बर्साउन थालेपछि ८ खेलाडीलाई रातो कार्ड देखाईयो । पछि थप दुई खेलाडीले रातो कार्ड पाएपछि रेफ्रीले खेल रोकेका हुन् ।
खेलका क्रममा दुबै टोलीका ५–५ खेलाडीले रातो कार्ड पाएका थिए । अन्य ८ खेलाडीलाई भने पहेंलो कार्ड देखाइएको थियो ।