१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चीनले माग्यो रेलको प्रस्ताव

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७४, सोमबार ०४:०८

काठमाडौं । चीनले दुई देशीय अन्तर रेलमार्ग निर्माणका लागि औपचारिक रुपमा विस्तृत प्रस्ताव मागेको छ । वाम गठबन्धन सरकार बनेसँगै दुई देशबीचका सम्झौता कार्यान्वयनमा चासो व्यक्त भइरहँदा चीनले यस्तो प्रस्ताव मागेको हो ।
नेपालमा तिब्बतबाट रेल ल्याउनु निकै खर्चिलो हुने भए पनि असम्भव नभएको भन्दै नेपालसँग ठोस प्रस्ताव मागिएको चिनियाँ अधिकारीले बताएका छन् ।
चिनियाँ परराष्ट्र मन्त्रालयले, ‘प्राविधिक तथा भौगोलिक अध्ययन ग¥र्यौं, निकै खर्चिलो छ तर असम्भव छैन’, ‘केरुङबाट नै रेल जोड्न सकिन्छ । यसमा नेपालले ढिलाइ गर्न हुँदैन, भनेको छ ।