१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भदौ ३० गते प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाने

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७३, सोमबार ०६:०२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ ३० गतेदेखि दक्षिणी छिमेक भारतको तीन दिने भ्रमण गर्ने हुनु भएको छ । उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणको क्रममा नेपाली र भारतीय अधिकारीहरुबीच प्रधानमन्त्री दाहालले भदौ ३० र ३१ गते उच्चस्तरीय भेटघाट गरेर असोज १ गते फर्कने गरी भ्रमण तय भएको हो ।
भ्रमणका अवसरमा कुनै एउटा ठूला परियोजनामा भारतले सहयोग गर्नेसम्बन्धी सम्झौता गर्ने तयारीसमेत गरिएको छ । भारतीय विदेश मन्त्रालयका अधिकारीहरुका अनुसार प्रधानमन्त्री दाहालले आफ्नो नौ महिने कार्यकालमा कुटनीतिक र राजनीतिक भन्दा पनि विकास निर्माण कार्य अघि बढाउन चाहेकाले त्यसमा भारतले सहयोग गर्नेछ । प्रधानमन्त्री दाहालको यही इच्छा अनुसार भ्रमणका क्रममा कुनै ठूलो परियोजनामा सहयोगको सम्झौता हुने अपेक्षा गरिएको छ ।
भुकम्प पीडितलाई यसअघिको केपी ओली नेतृत्वको सरकारले दुई लाख रुपैयाँ दिने निर्णय गरेकोमा नयाँ सरकारले तीन लाख दिने निर्णय गरेको थियो । यसमा आवश्यक पर्ने थप एक लाख रुपैयाँ भारतसँग सहयोगको लागि आग्रह गरिने भएको छ ।