७ बैशाख २०८१, शुक्रबार
Follow Us

बिहेको निम्तो बाँड्न हिँडेका बेहुला मृत फेला

sarusaru
७ फाल्गुन २०७४, सोमबार ०४:३३

बारा -बेहुली भित्र्याउने खुसी बाडँन हिडेका बाराका एक युवा मृत फेला परेका छन् । आफ्नो बिहेको निम्तो कार्ड वितरण गर्न घरबाट निस्किएका उनी बाराको गण्डक नहरमा मृत फेला परेका हुन् । उनलाई कसैले घाँटी रेटेर मारेको जस्तो संकेत देखीए पछि हत्या भएको आशंका गरिएको छ । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीस्थित गण्डक नहरमा भारत रक्सौलका २२ वर्षीय मनिस कुमारको शव फेला परेको हो । शवलाई आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मनिसको यही फागुन ११ गते बिहे तय भएको थियो । आफन्त र साथीभाइलाई बिहेको निम्तो कार्ड वितरण गर्न भन्दै उनी बिहीबार घरबाट हिँडेका थिए । उनीसँग तीन जना साथीहरु पनि थिए । तर, नेपालको गण्डक नहरमा उनको शव घाँटी रेटिएको अवस्थामा फेला परेको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले उनका तीनै जना साथीलाई नियन्त्रणमा लिएको छ । हत्याको कारण नखुलेको र पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए ।