१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति भण्डारीद्वारा फागुन २१ गते सोमबार संघीय संसदको अधिवेशन आह्वान

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७४, सोमबार ०६:१९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते सोमबार संघीय संसदको अधिवेशन आह्वान गरेकी छन । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम फागुन २१ गते दिउँसो ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन ।
प्रतिनिधिसभाको निर्वाचन सकिएको तीन महिनापछि संसद अधिवेशन बस्न लागेको हो । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनबाट प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन भने ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये ५६ जना निर्वाचित भइसकेका छन । सरकारको सिफारिसमा राष्ट्रपतिले तिन जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।