११ बैशाख २०८१, मंगलवार
Follow Us

भूमिसुधारका हाकिम ४ लाख रुपैयाँ घुससहित पक्राउ

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७४, सोमबार १२:४१

काठमाडौं । भूमिसुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाईं सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ४ लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोटेश्वरस्थित शिखर खाजा घरबाट उनलार्इ नियन्त्रणमा लिएको आयोगका सहन्याधिवक्ता पदमप्रसाद पाण्डेले जानाकारी दिए ।