१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फागुन ७ मा एमाले–माओवादीले एकताको सन्देश दिने

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७४, सोमबार १२:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष तथा प्रधानमन्त्रीबीच आज भएको ‘एक्ला एक्लै’ वार्ताले पार्टी एकता निष्कर्षमा पुगेको बताइएको छ । शीर्ष दुई नेता मिलेपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर सहमतिमा आजै हस्ताक्षर हुने बताइएको छ ।
नेतृत्वमा दुवैको सहअस्तित्व रहेन र प्रधानमन्त्री आलोपालो गर्ने मोठामोटी सहमति भएको बताइन्छ । यसको विस्तृत खाका एकता सयोजन समितिले तयार पार्ने बताइएको छ ।
‘यस अघि वार्ता निष्कर्षमा नपुगेपछि माओवादी अध्यक्ष प्रचण्डले बाहिरबाट एमाले सरकारलाई समर्थन गर्ने कुरा सार्वजनिक गरेका थिए । ‘अध्यक्षद्वयबीच सकारात्मक कुरा भएको छ, एकताको सहमति आजैं टुंगिन्छ’, माओवादीको आन्तरिक बैठकमा सहभागी एक नेताले भने । दुबै नेताले आज फागुन ७ गतेको अवसर पारेर एकताको सन्देश दिने प्रयास गरिरहेको बताइएको छ ।