१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दुई दर्जन बढी केन्द्रीय सदस्यद्वारा कांग्रेस सुदृढीकरणको प्रस्ताव

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७४, सोमबार १३:५५

काठमाडौं । नेपाली कांग्रेसका दुई दर्जन बढी केन्द्रीय सदस्यहरुले सोमबार काठमाडौंमा भेला गरी पार्टी सुदृढीकरण तथा पुनःजागरण अभियानको प्रस्ताव गरेका छन् । नवीन्द्रराज जोशीको नेतृत्वमा सुदृढीकरण अभियान र गगन थापाको नेतृत्वमा पुनःजागरण अभियानको प्रस्ताव गरिएको हो । भेलामा सहभागी अधिकांश केन्द्रीय सदस्यहरुले चुनावी हारलाई अवसरकोरुपमा लिएर पाँच वर्षमा एउटा सशक्त विचार र सुदृढ संगठन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । भेलामा धनराज गुरुङ, गुरु घिमिरे, प्रदीप पौडेल, डिना उपाध्यायलगायतका केन्द्रीय सदस्य र विभिन्न जिल्लाका सभापतिहरुको उपस्थिति रहेको थियो ।