११ बैशाख २०८१, मंगलवार
Follow Us

मड्रिड महानगरपालिकाको टोली नेपाल भ्रमणमा

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७४, सोमबार २२:०६

लण्डन – स्पेनको मड्रिड महानगरको एक टोलीले नेपालको सद्भावना भ्रमण गर्ने भएको छ । स्पेनको लागि नेपाली राजदूत भरतबहादुर रायमाझीका अनुसार मड्रिड महानगरपालिका उपप्रमुख लुईस कुएतो लगातय मड्रिड चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्न लागेका हुन्।

काठमाडौं महानगरपालिकाको औपाचारिक निमन्त्रणमा आउन लागेको सो टोलीले नेपालमा लगानी, पर्यटन र प्रविधिको सम्भवनाका विषयमा अध्ययन गर्ने रायमाझीले बताए।

टोलीले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, प्रधामन्त्री केपी शर्मा ओली र भौतिक निर्माण मन्त्रीलगायतसँग भेटघाट गर्नुका साथै काठमाडौं उपत्यकाभित्र रहेका सबै नगरपालीको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

५ दिने भ्रमणका लागि फेब्रुअरी अन्तिम साता आउने टोलीमा म्याड्रिड महानगरको टोलीसँगै पर्यटनलगायतका विभिन्न क्षेत्रका व्यक्ति, लगानीकर्ता, खेलकुद क्षेत्रका व्यक्तित्वलगायत सहभागि हुने छन् । टोलीमा महानगरका अन्तर्राष्ट्रिय सम्बन्धका जानकार आरनाउ काम्पस र साग्रारिओ फेर्गोसोसमेत सहभागी रहने छन्।

यसैबीच प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीको सम्झनामा शुक्रवार मड्रिडमा आयोजित एक भेला सम्बोधन गर्दै नवनियुक्त राजदूत भरतबहादुर रायमाझीले मड्रिड महानगरपालिको औपाचारिक भ्रमणले नेपाल स्पेनको दैत्य सम्बन्धको ५० औं वर्ष गाँठ उपलव्धी मुलक हुने बताए।

चर्चित हिमाल आरोही कार्लो सोरियाले नेपाल आफ्नो दोस्रो घर भएको बताउदै नेपालमा नयाँ सरकारको गठनपछि लगानीको प्रसस्त सम्भवना रहेको बताए । नेपालको ८ हजार मिटरभन्दा माथिका सबै हिमाल आरोहण गरेका सोरियाले मार्चको अन्तिमसाता धौलागिरी हिमाल आरोहणको तयारीमा छन् । कार्यक्रममा लुईस मिगेल दोमिंगेज, नरेश श्रेष्ठ, खोसे मानुयल भिलानोभा लगायतले नेपालको पर्यटन र लगानिका विषयमा आ–आफ्नो भनाइ राखेका थिए।

कार्यक्रममा कतार एयरवेज, एयर ईन्डियाका सिइओ, जनावर अधिकारवादी, प्रकृति संरक्षण अभियानकर्ता, पत्रकार, कलाकारलगायत नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि एवं एनआरएनए युरोप उपसंयोजक एकराज गिरी, गैरआवासीय नेपाली संघ स्पेनका स्पेनका सचिव जीवन प्रसाईं, निवर्तमान सचिव रामकृष्ण पुडासैनी, एनआरएन म्याड्रिडका अध्यक्ष उत्तरकुमार राई, निवर्तमान अध्यक्ष रोशन पाठकलगायतको उपस्थिति थियो।