१५ चैत्र २०८०, बिहीबार
Follow Us

मिस यूके नेपाल उपाधि टेनिसाकाे हातमा (फोटो/भिडियो सहित)

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७३, सोमबार ०७:३४

लन्डन । बेलायतमा आइतबार अबेर सम्पन्न पांचौं मिस यूके नेपाल २०१६ को उपाधि टेनिसा रानाले जितेकी छन् । अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ हलमा कुल आठ प्रतियोगीबीच भएको प्रतियोगितामा रानाले मिस ब्युटी वीथ परपोज र मिस ट्यालेन्ट टाइटिल समेत जितिन् । क्विनम्यारी विश्वविद्यालय लन्डनमा मेडिसिन विषय अध्ययनरत उनले यस्तो ब्युटी प्याजेन्टबाट आफूमा आत्मविश्वास झन् बढेको र प्रतिभा प्रस्फुटन गर्ने अवसर समेत मिलेको बताइन् । इभेन्ट एण्ड आइडियाजले गरेको उक्त प्रतियोगितामा फस्ट रनर अप भइन् 
प्रशंङसा लिम्बु । प्रशंङसाले मिस पर्सनालिटी र मिस क्याटवाकको समेत उपाधि जितेकी छन् । त्यसैगरि, सेकेन्ड रनर अप भइन् बिभिया श्रेष्ठ । बिभियालाई मिस पब्लिक च्वाइस उपाधि समेत मिलेको छ । ओपनिङ सिक्वेन्समा आकर्षक नृत्यसहित प्रस्तुत भएका सुन्दरीहरुले सारीमा सजिएर आफ्नो परिचय दिएका थिए । उनीहरु कल्चरल ड्रेस र गाउनमा समेत प्रस्तुत भए ।

 

उक्त प्रतियोगिताको निर्णायकमा विभिन्न क्षेत्रका वीज्ञहरु नरेश खपांगीमगर, प्रसुना कंडेल, गौमाया गुरुङ, डा. प्रियम्बडा पौडेल, एकेन्द्र गुरुङ कमल भणडारी र राष्ट्र 
राई थिए । पहिलो औपचारिक सत्रमा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत शरदराज आरनले यस्ता प्रतियोगिताले प्रतियोगीमा रहेको प्रतिभा प्रस्फुटन हुने बताए । एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, आयोजक इभेन्ट एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङ लगायतले पनि प्रतियोगीहरुलाई शुभकामना दिएका थिए ।

यसपटक प्रमुख प्रशिक्षक र कोरियोग्राफरको भूमिकामा थिइन् चर्चित नायिका प्रियंका कार्की । करिब दुई साताको आफ्नो प्रशिक्षणमा प्रतियोगीमा झण्डै दुईसय प्रतिशत निखार आएको प्रियंकाले बताइन् । ।

५ सय बढि दर्शकमाझ सम्पन्न कार्यक्रममा गायक धर्मेन्द्र सेवान, गायिका श्रेया सोताङ र आर के स्क्वायर ब्याण्डले गीत गाए भने कबड्डी कबड्डीकी नायिका रिस्मा गुरुङ, अनिता लिम्बु, सागर र काजोल, जीवन पुन लगायतले आकर्षक नृत्य देखाएका थिए । – इकान्तिपुर, फोटो\भिडियो –शिव  भण्डारी\मिलन तमु

14039940_1520695324622749_8621241545337001537_n 14063885_1520696434622638_4929188899098013976_n 14064280_1520695171289431_2528540081209107904_n 14079525_655482501292732_107270658998202792_n 14079575_1520696254622656_8647508563460190610_n 14079629_1520695561289392_9075231790034080842_n 14089020_1520695494622732_3976056757550676601_n 14100356_1520695381289410_3521075812583015995_n 14100402_1520696367955978_6828851511892343277_n 14102359_1520695744622707_4630602919073574852_n 1