१३ बैशाख २०८१, बिहीबार
Follow Us

सातवटै प्रदेश व्यवस्थापिकामा सभामुख चयन

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७४, मंगलवार ०३:१८

काठमाडौं । सातवटै प्रदेश व्यवस्थापिकाले सभामुख पाएका छन् । संविधान अनुसार सभामुख र उपसभामुख फरक लिङ्ग र फरक पार्टीको हुनुपर्ने भएपछि ७ सभामुखमा पुरुष र ७ उपसभामुखमा महिला छानिएका छन् ।
प्रदेशसभाको सभामुख र उपसभामुखमा पार्टीका प्रभावशाली नेतादेखि पूर्वमन्त्रीसम्म छन् । नेताका पत्नी र पूर्वकमलरी पनि उपसभामुख बनेका छन् ।
प्रदेश २ बाहेकका अरु ६ वटा प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सभामुख र उपसभामुख भागवण्डा गरेका छन् । जसअनुसार प्रदेश १, ३, ६ र ७ मा नेकपा एमालेका सभामुख बनेका छन् । यी प्रदेशमा माओवादीका उपसभामुख रहेका छन् । प्रदेश ४ र ५ मा भने माओवादी केन्द्रका सांसद सभामुख र एमालेका उपसभामुख बनेका छन् ।
प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको भएकाले सभामुख र उपसभामुख पनि यी दुई पार्टीबाटै रहेका छन् । सभामुख राजपा र उपसभामुख फोरमले पाएको छ ।
सबै प्रदेशका सभामुख र उपसभामुख पद कांग्रेसविहीन बनेका छन् । प्रदेश २ बाहेक सबै प्रदेशसभामा नेपाली कांग्रेस प्रतिपक्षी दल हो ।