१३ बैशाख २०८१, बिहीबार
Follow Us

पाँच इन्भेस्टमेन्ट कम्पनीका ८ सञ्चालक पक्राउ

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७४, मंगलवार ०३:३२

काठमाडौं । प्रहरीले गैरकानुनीरुपमा करोडौं रुपैयाँ कारोबार गर्ने पाँच इन्भेस्टमेन्ट कम्पनीका ८ जना सञ्चालकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले छापा मारेर नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट अनुमति नलिइ सुनसरी र मोरङमा सन्चालन गरिएका वित्तीय संस्थाका सन्चालकहरुलाई पक्राउ गरेको हो ।
अपन इन्भेस्टमेन्ट सुनसरीका भीमप्रसाद चौधरी र श्याम पेशकार थारु पक्राउ परेका हुन् । उनीहरुको साथबाट भर्पाइ रसिद, पासबुक र ऋणमाग फारामलगायतका सामग्री तथा स्थानीयबाट अवैधरुपमा संकलन गरिएको दुई करोड ३९ लाख ४७ हजार ६६० रुपैयाँ नगद बरामद गरिएको छ ।
त्यस्तै, हलेसी इन्भेस्टमेन्ट सुनसरीका चन्द्रबहादुर बिक र अनिता बिक पक्राउ परेका छन् । उनीहरुको साथबाट पनि पासबुक, दैनिक बचत रजिष्टर, ब्लुप्रिन्ट नक्सा, धितो राखिएको जग्गा धनीपुर्जा, ६ करोड ९९ लाख रुपैयाँ बरामद भएको ब्यूरोले जनाएको छ ।