७ बैशाख २०८१, शुक्रबार
Follow Us

बन्दको प्रभाव सामान्य

sarusaru
८ फाल्गुन २०७४, मंगलवार ०३:५९

काठमाडौं। आफ्ना पक्राउ परेको नेता कार्यकर्ता रिहाइको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको सामान्य प्रभाव परेको छ। मंगलबार विहान राजधानी काठमाडौंमा तुलनात्मक रुपमा सवारी साधन कम चलेपनि अहिले भने बन्दको कुनै प्रभाव देखिएको छैन्।

विराटनगरमा चन्द नेतृत्वको नेकपाका नेतालाई प्रहरीले पक्राउ गरेपनि नेपाल बन्दको आह्वान गरिएको थियो। राजधानीमा भने बन्दको प्रभाव परेको छैन। तर मुलुकका अन्य भागमा भने बन्दले जनजीवन प्रभावित भएको छ। मोरङमा पनि बन्दको सामान्य प्रभाव परेको छ।
बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन्। तर, छोटो दुरीका सवारी साधनहरु भने संचालमा छन्।

यसैगरी बन्दका कारण धनकुटासहित पूवका लामो र छोटो दूरीमा चल्ने सवारी साधनहरु सञ्चालनमा आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ। विराटनगरमा आइतबार नेकपा निकट जनस्वयंसेवक परिचालन कमिटी अधिवेशनका क्रममा आफ्ना पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहितका नेतालाई प्रहरीले गिरफ्तार गरेर राखेको विरोधमा मंगलबार नेपाल बन्दको आह्वान गरेको हो।
– डिसी नेपालबाट ।