१३ बैशाख २०८१, बिहीबार
Follow Us

देउवा सरकारको निर्णय उल्टाएर राष्ट्रियसभा सदस्यमा खतिवडा, बिंडारी र पौडेलको नाम सिफारिश

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७४, मंगलवार ०६:०३

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा तीन व्यक्तित्वको नाम सिफारिश गरेको छ । यसअघिको शेरबहादुर देउवा सरकारले गरेको निर्णय उल्टाउँदै ओली सरकारले नयाँ तीनजनाको नाम सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अर्थशास्त्री डा युवराज खतिवडा, कानूनविद् रामनारायण बिंडारी र अर्थविद् विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जानकारी दिनुभयो ।
उनन्साठी सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट तीन जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना सदस्य यसअघि नै निर्वाचित भइसक्नुभएको छ ।