८ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रपति भण्डारीविरुद्ध डा. आरजु देउवाको खेद

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७४, मंगलवार १३:४९

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले राष्ट्रपति खेद प्रकरण गरेकी छन् । राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै उनले खेद प्रकट गरेकी हुन् । फेसबुक र टुइटरमा स्टाटस लेख्द डा. आरजुले भनेकी छन्, ‘नेपालको संविधान अनुसार आलङ्कारिक रहनुपर्ने महामहिम राष्ट्रपतिज्यूबाटै संविधानको घोर उल्लंघन भएको छ । शेरबहादुर देउवाले सरकारको पालामा गरिएको राष्ट्रिय सभाका ३ जना सदस्यहरुको नियुक्ति सिफारिसलाई राष्ट्रपतिज्यूले पर्याप्त समय हुँदा हुँदै पनि अनुमोदन नगरी त्यसपछि गठन भएको सरकारले गरेको नितान्त फरक व्यक्तिहरुको सिफारिस चाहिँ तुरुन्तै अनुमोदन गर्नुले गरिमामय संविधानको उल्लंघन भएको हो ।
यस्तो कदमले राष्ट्रपति जस्तो मुलुकै अभिभावकको रुपमा तटस्थ रहनुपर्ने पदलाई विवादित र राजनीतिकरण मात्रै गरेको छैन, आगामी दिनहरुमा राष्ट्रपति थप सक्रिय हुने खतरा बढेको छ, जसप्रति गम्भीर खेद प्रकट गर्दछु ।
उनको स्टाटसमा ४ सय ८ जनाले प्रतिक्रिया जनाएका छन् भने यो समाचार तयार पर्दासम्म दर्जनौंले प्रतिक्र्रिया पक्ष र विपक्षमा लेखिएको छ ।