४ बैशाख २०८१, मंगलवार
Follow Us

बुद्ध जयन्तीमा लण्डनमा शान्ति र्याली आयोजना हुने

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७४, मंगलवार २०:०९

लण्डन । दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले हरेक वर्ष बुद्ध जयन्तीको अवसर पारेर लण्डनमा आयोजना गर्दै आएको विश्व शान्ति र्याली यस वर्ष पनि आयोजना हुने भएको छ ।

विगत ४ वर्षदेखि लगातार आयोजना हुंदै आएको शान्ति ¥याली यसपटक आउंदो मे महिनाको १९ तारिखमा तय भएको छ । लण्डनको विलविचस्थित मुलग्रेभ प्राईमरी स्कुलबाट सुरु हुने शान्ति पदयात्रा प्लमस्टिड हाई स्ट्रिटसम्म पुगेर फेरी त्यहि स्थलसम्म परिक्रमा गरेर समापन गरिने जानकारी ¥यालीका संयोजक सुमलकुमार गुरुङले बताएका छन् ।

सन २०१४ सालदेखि नेपालीहरूले सम्पन्न गर्दै आएको बृहत बुद्ध विश्व शान्ति ¥यालीमा ग्रिनविच बारोका काउन्सिलरहरू, बेलायतका लागि नेपाली राजदूत लगायत यस क्षेत्रका हजारौ नेपालीहरूको सहभागिता रहने गर्दछ । यस सालको श्रृंखलालाई पनि व्यापक बनाउनको लागि भव्य तयारी भइरहेको जानकारी संयोजक गुरुङले बताएका छन ।

यस बुद्ध विश्व शान्ति-यालीको मूल उद्धेश्य भगवान बुद्धको दर्शन र भगवान बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विषयलाई प्रकाश पार्न तथा स्थानीय हिसाबमा नेपालीहरूलाई एकैथलोमा ल्याएर ऐक्यबद्धता, आपसी सहिष्णुताको अनुभूति र नेपाली हुनुको गर्व सम्प्रेषण गर्ने रहेको छ ।

बेलायतभरका विभिन्न नेपाली संघसंस्थाहरूको साथै बेलायतमा रहेका सम्पूण नेपालीहरूलाई चौथो बुद्ध विश्व शान्ति ¥यालीमा सहभागिता जनाएर नेपाली गौरव बढाउने अभियानमा सहभागी हुन दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले अपिल गरेको छ ।