८ बैशाख २०८१, शनिबार
Follow Us

पोखरेली मञ्च यूकेमा फेरि मान गुरुङ

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७४, मंगलवार २०:११

लण्डन । पोखरेली मञ्च यूकेमा नयां कार्यसमिति चयन भएको छ । शनिबार रेडिङमा सम्पन्न तेस्रो अधिवेसनले यसअघिकै अध्यक्ष मान गुरुङकै नेतृत्वमा नयां कार्यसमिति सर्वसम्मतिमा चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिमा बाचस्पति रेग्मी, अम्बिका खड्का र करम गुरुङ उपाध्यक्ष चुनिएका छन् भने मोहन थापा महासचिव, पवित्र गुरुङ सचिव, कमल गुरुङ कोषाध्यक्ष र मधु शेरचन सहकोषाध्यक्ष चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा भुपेन्द्र गुरुङ, ललित गुरुङ, विनोद गुरुङ, शितल पुन, प्रकाश पुन, विनय गुरुङ, गोपी गुरुङ, राजकुमारी गुरुङ र शान्ति गुरुङ चयन भएका छन् ।

निर्वाचन समितिका संयोजक एकेन्द्र गुरुङले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेका थिए । निर्वाचन समितिमा गुरुङको संयोजकत्वमा भिम बानिया र हरिकाजी गुरुङ सदस्य थिए ।

यसअघि संस्थाका अध्यक्ष मान गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेसनमा भक्त गुरुङ संयोजक रहेको विधान संशोधन समितिले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरिएको थियो ।

त्यसअवसरमा महासचिव करम गुरुङले आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष बाचस्पति रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथी एनआरएन यूके अध्यक्ष फगामी, संस्थाका अध्यक्ष मान गुरुङ र सल्लाहकार तथा निर्वाचन समिति संयोजक एकेन्द्र गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा पोखरेली मञ्च यूकेका संस्थापक अध्यक्ष सीबी पुन, एनआरएन युकेका संरक्षक सुर्य गुरुङ , सल्लाहकारहरु मीन गुरुङ, मोहन गुरुङ, नरजंग गुरुङ , राम गुरुङ ,रामजी बराल, भिम बानिया, हरिकाजी गुरुङसहित विभिन्न अतिथी, कार्यसमिति पदाधिकारी, सदस्यहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।