१३ बैशाख २०८१, बिहीबार
Follow Us

मासु अभावमा ६४६ केएफसी बन्द

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७४, मंगलवार २३:२३

लन्डन । बेलायतमा कुखुराको मासु अभावमा केएफसी रेस्टुरेन्ट र यसका सयौं आउटलेट बन्द भएका छन् । त्यहाँ कम्पनीका ९ सयजति आउलेट्सहरू रहेकामा मंगलबार बिहान ११:२५ सम्म ६ सय ४६ वटा बन्द रहेको केएफसीको वेबसाइटमा उल्लेख छ । सोमबार ९ बजे रातिसम्ममा ५ सय ७५ वटा आउटलेट बन्द थिए ।

गत साता फ्राइड चिकेन चेनले आपूर्ति बन्द गरेपछि आउटलेट मासु अभावमा सञ्चालन गर्न समस्या भएको जनाइएको छ। चेनले डीएचएलसँग मासु आपूर्ति गर्नका लागि गरिएको करारले केही समस्या भएको भन्दै आपूर्ति ठप्प पारेको हो। केएफसीका एकजना प्रवक्ताले भने, ‘हामीले मंगलबार धेरैवटा आउटलेट खोल्यौं, अगामी दिनहरूमा २४ सै घन्टा खोल्ने गरी काम भइरहेको छ।’

ती प्रवक्ताका अनुसार तर केही दिन थप मासु आपूर्ति हुनुपर्छ। उनले भने, ‘तर, सबै आउटलेट सञ्चालनमा ल्याउन एक साताजति लाग्न सक्छ।’ कम्पनीले मंगलबार सीमित अवधिका लागि मात्रै आउटलेट्सहरू खोलिएको जनाएको छ। उक्त अवधिमा ग्राहकले आफूले चाहेको मेनु भने पाउन सकेनन्।