१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भोलिलाई बोलायो कांग्रेसले केन्द्रीय कार्य सम्पादन बैठक

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७४, बुधबार ०८:२०

काठमाडौं । नेपाली कांग्रेसले फागुन १० गते बिहीबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बिहीबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी बैठक बस्ने जानकारी दिएका हुन् । फागुन २१ गते संसद बैठक आह्वान गरिएको छ । कांग्रेसले संसदीय दलको नेता चयन गर्न बाँकी नै छ । दलको नेतामा सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंहले चासो देखाएका छन् ।