४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन अध्यक्ष घले रियो ओलम्पिकमा

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७३, सोमबार ०७:४०

रियो दि जेनेरियो । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले ब्राजिलको रियो दि जेनेरियामो भइरहेको ओलम्पिक २०१६ मा सहभागी भई नेपाली खेलाडीको हौसला बढाउनुभएको छ । अगष्ट २० तारिखमा नेपाल सहभागी तेक्वाण्डो खेलमा उपस्थीत हुनुभएका अध्यक्ष घलेले नेपाली खेलाडीलाई शुभकामना दिनुभएको थियो । साथै उहाँले नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतका पदाधिकारीसँग भेटेर नेपालको सहभागीता र उपलब्धीबारे छलफल गर्नुभयो । अध्यक्ष घलेले ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय खेलमा गैरआवासीय नेपाली प्रतिभाहरुलाई नेपालका तर्फबाट सहभागी बनाउनुपर्ने सुझाव दिनुभयो । गैरआवासीय नेपाली किशोरी गौरिकाको प्रस्तुतीको स्मरण गर्दै उहाँले बिदेशको नेपाली समुदायमा गौरिका जस्ता धेरै प्रतिभा हुनसक्ने भएकाले उनीहरुलाई स्थान दिन आग्रह गर्नुभयो । नेपालको खेल स्तर सुधार र नेपाली खेलाडीलाई बिदेशमा तालिमको अवसर प्रदान गर्न गैरआवासीय नेपाली संघ सहयोगका लागि तयार रहेको उहाँले जानकारी दिनुभयो । एनआरएन ब्राजिलको विशेष साधारणसभालाई सम्बोधन यसैवीच अध्यक्ष घलेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति ब्राजिलको बिशेष साधारणसभालाई सम्बोधन गर्नुभएको छ । अगष्ट २० तारिखमा आयोजित कार्यक्रममा उहाँले गैरआवासीय नेपाली संघको ७४ औं राष्ट्रिय समन्वय परिषद्का रुपमा संजालमा आबद्ध भएकोमा एनआरएन ब्राजिलका पदाधिकारीहरुलाई बधाई दिनुभयो । नेपालमा गएको महाभूकम्पका बेला ब्राजिलमा रहेका गैरआवासीय नेपालीहरुले पुर्याएको योगदानको प्रसंसा गर्दै ब्राजिलबासी नेपालीहरुलाई धन्यबाद दिनुभयो ।height=”267″ /> गैरआवासीय नेपालीको दायित्व मातृभूमीसँगै बिदेशमा रहेका नेपालीहरुप्रति पनि रहेको भन्दै उहाँले ब्राजिलमा रहेका नेपालीहरुलाई सहयोग र उद्धार गर्ने कार्यमा यहाँस्थित नेपाली दूतावाससँग मिलेर काम गर्न सुझाव दिनुभयो । सो अबसरमा ब्राजिलका लागि कार्यवाहक नेपाली राजदूत ऋषिराज आचार्यले हालसम्म अनौपचारिक रुपमा रहेको समूहलाई गैरआवासीय नेपाली संघ ब्राजिलको रुप दिएको बधाइ दिँदै संघसँग मिलेर काम गर्ने बताउनुभयो । सो अबसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गैरआवासीय नेपाली संघ र ओलम्पिक कमिटिवीच भएको समझदारी र सहकार्यबारे उल्लेख गर्दै नेपालको खेलको विकाशमा गैरआवासीय नेपाली संघको सहयोग जरुरी रहेको बताउनुभयो । सो अबसरमा ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा र सदस्य निलेन्द्र श्रेष्ठ लगायतको उपस्थीति थियो । अन्त्यमा एनआरएन ब्राजिलका अध्यक्ष गणेश गुरुङले अतिथिहरुलाई धन्यबाद दिँदै कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।