१२ बैशाख २०८१, बुधबार
Follow Us

जन्म मितिबारे डा. केसीको स्पष्टिकरण

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७४, बुधबार १२:३१

काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता र योग्यताबारे प्रश्न उठाएका डा। गोविन्द केसीकै तीनथरि जन्ममिति रहेको आरोप लागेपछि उनले यसबारे स्पष्टीकरण दिन पत्रकार सम्मेलन आयोजना गरेका छन् । डा. केसीले आफ्नो नागरीकता एवं शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि सम्पूर्ण आफ्ना सक्कल प्रमाणपत्रसहित पत्रकार सम्मेलन गरी सार्वजनीक गरेका छन् । केसीले आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेकाले प्रतिलिपी निकालेको उनले बताए । डा. केसीका समर्थकहरु ‘केसीको प्रमाणपत्र यता छ, पराजुली, तिम्रो कता छ ?’ लगायत नारा लेखेका प्लेकार्ड बोकी उपस्थित भएका थिए ।