१४ बैशाख २०८१, शुक्रबार
Follow Us

साहारा यूके टिम आहा रारा गोल्डकप सम्पन्न गरी यूके आइपुग्यो

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७४, बुधबार १४:४३

लण्डन। साहारा यूकेका अध्यष मीनबहादुर गुरुङ (साइला) को नेतृत्वमा गएको टोली १६ औं आहा रारा गोल्ड कप सम्पन्न गर्नुको साथै सिन्धुपाल्चोकस्थित हाइबुङ माध्यमिक विद्यालय र कास्कीस्थित सिदिङमा रहेको स्वस्वती प्राथमिक विद्यालय पुननिर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको छ ।
पोखरामा हुने आहा रारा गोल्डकप प्रत्येक वर्ष साहारा यूकेको सहभागितामा हुने गरेको छ । यस वर्ष पनि साहारा यूकेबाट भन्डै ५० जनाको सहभागिता रहेको थियो । जसले गर्दा कार्यक्रममा थप रौनक र आकर्षण थपिएको थियो । खेलको अवधिभर प्रत्येक दिन वितरण गरिने म्यान अफ द म्याच ट्रफी, नगद पाँच हजार र फाइनलमा विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी मेडल र पाँच हजार नगद पुस्कार साहारा यूकेले प्रायोजन गर्दै आएको छ । ट्रफी र मेडलको व्यवस्थापन साहारा एफसी यूकेको सम्पूर्ण व्यवस्थापन महासचिव कृष्ण गुरुङले गरेको थियो ।


सिन्धुपालेक मेलम्ची नगरपालिका–३ स्थिति हेबुङ महादेवस्थान माध्यमिक विद्यालयको २०७२ साल बैशाख १२ को भुकम्पबाट क्षतिग्रस्त भवनको ५ कोठा भवन साहारा यूकेले निर्माण गरी उद्घाटन एवम् हस्तान्तरण गरिएको छ । नवनिर्मित भवनको संरक्षक उद्योगपति अरुण चौधरी र साहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ (साइला) ले भव्य कार्यक्रमका साथ उद्घाटन गरेको थियो ।


सिन्धुपाल्चोक स्कुलको भवन निर्माणमा साहारा हङकङ साहारा, अस्ट्रेलिया, अरुण चौधरी फाउन्डेसन र साहाराको आर्थिक सहयोग गरेको थियो ।
यसैगरी कास्की जिल्लाको सिदिङमा रहेको श्री सरस्वती प्राथमिक विद्यालयको पर्खाल लगाउने, फर्निचर साथै प्रवेशद्वार निर्माणका लागि यूकेबाट बोन इन कुकरम रोटरी क्लबको सहयोग सम्पन्न गरी रोटरी क्लबका अधयक्ष क्रिसले उद्घाटन गरेको थियो ।
नेपाल हुने क्रममा साहारा पोखरा दोविल्लामा स्थित साहारा एकाडेमी भ्रमण गरी त्यहाँ भएको २८ जना अनाथ बच्चाहरुलाई भेटेको थियो । स्मरण रहोस् साहारा एकेडेमी २ करोडको लगानीमा निर्माण गरेको थियो र साहारा यूकेबाट ८० लाख सहयोग गरेको थियो । साहारा पोखराले अक्ष्यकोषको स्थापना गरेको छ र हाल साहारा यूकेबाट ३६ लाख दिइसकेको छ ।

पोखरा हुने क्रममा कास्की खेलकुद पत्रकार मञ्च, भूपू खेलाडी मञ्च, नेपाल फुटबल संघ कास्कीसँग अन्तक्र्रिया साथै भेटघाट गरेको थियो । पोखरास्थिति होटल व्यवस्थापन कलेज भ्रमण साथै काँउ डाँडा भ्रमण गरी त्यहाँ बनाउन गइरहेको बुद्ध मनडेला (बुद्धाको मूर्ति) को लागि पनि नगद सहयोग गरेको थियो । साहारा यूके खेलकुद सँगसँगै विविध कल्याणकारी काममा पनि सक्रिय भइरहेको छ ।
स्मरण रहोस साहारा एफसी यूके यूकेमा सन्डेलिग खेलिरहेको छ ।