१४ बैशाख २०८१, शुक्रबार
Follow Us

म प्राग्म्याटिक मान्छे हुँ, काम गरेर देखाउने छु

नेपालब्रिटेन डट कम
९ फाल्गुन २०७४, बुधबार १६:०६

अमेरिकामा नेपाली विद्यार्थीको संख्या ४८ हजार रहेको अनुमान छ । यहाँका विद्यार्थीलाइ संगठित गर्दै उनिहरुले सिकेका सिप नेपालको हितमा प्रवर्धन गर्ने उदेश्यले नेपाल विद्यार्थी संघले अमेरिका शाखा स्थापना गरिसकेको छ । प्रस्तुत छ नेपाल विद्यार्थी संघ, अमेरिकाका नवनियुक्त संयोजक, प्रभात राज सापकोटासंग गरिएको कुराकानी  ।

 

तपाइलाइ हालै नेपाल विद्यार्थी संघ, अमेरिकाको संयोजक नियुक्त गरिएको , यो किन जरुरि भयो ?

नेपालबाट आएर अमेरिकाका विभिन्न राज्यका विश्विविद्यालयहरुमा अध्यायनरत विद्यार्थीहरुको विचमा एकता कायम गरि, एकआपसमा अवसरहरु र आइडियाहरुको आदनप्रदान गर्नुका साथै हामीले यहाँ सिकेको सीपलाइ नेपालको हितमा कसरि उपयोग गर्न सकिन्छ भन्ने सम्भावनाको खोजी गर्ने उदेश्यले मलाइ यो जिम्मेवारि प्रदान गरिएको हो ।

अमेरिकामा नेविसंघको संरचना विद्यमान रहेकै अवश्थामा फेरि तपाइलाइ नियुक्ति गरेर नेविसंघले आफ्नै पुरानो संरचनामा किन धावा बोलेको ?

यो बिषयमा मैले बोल्नु आवश्यक ठान्दिन । यो हाम्रो केन्द्रिय नेतृत्वले विश्लेषण गरेर निर्णय गरेको कुरा हो । अमेरिका जस्तो अपार सम्भावना भएको मुलुकमा आफ्नो संगठन प्रभावकारिढंगले चलोस भन्ने अपेक्षा कुनै पनि संस्थालाइ हुन्छ । म नेपालमा स्कुल जिवनदेखि नै नेविसंघमा सक्रिय भूमिका निर्वाह गरेको मानिस हुँ । आजसम्म पनि औपचारिक, अनौपचारिक हिसाबले मैले संगठनमा सकेको योगदान दिदै आएको छु । अर्का महत्वपुर्ण कुरो यो विद्यार्थीको संगठन हुनाले यसको नेतृत्वकर्ता पनि विद्यार्थी नै हुन जरुरि छ । म विद्यार्थीकै रुपमा अमेरिका आएको हुँ, आज पनि विश्वविद्यालयमा रिसर्च लेवलको विद्यार्थी छु । म अमेरिकाको विद्यार्थीहरुको बास्तविक अवस्था राम्रोसंग जान्दछु । यीनै  कारणले मलाइ जिम्मेवारि दिने निर्णय गरेको हो भन्ने मलाइ लागेको छ ।

अमेरिका जस्तो मुलुकमा नेपालको विद्यार्थी संगठनको औचित्य के रहन्छ तपाइको योजनाहरु के के छन् ?

यो ज्यादै महत्वपुर्ण सवाल हो, तर म के प्रस्ट पार्न चाहन्छु भने हामी विद्यार्थी माझ राजनीति चर्काउन शाखा खोलेका होइनौ । म खादा लगाउन संयोजक बनेको पनि होइन । म प्राग्म्याटिक मान्छे हुँ । म सोसियो एजुकेशनल पोलिटिक्स गर्न चाहन्छु ।  म यहाँका थिंक ट्यांकहरुसंग समन्वय गरि उनिहरुको ज्ञान, सिप र क्यालिबरलाइ नेपालको हितमा उपयोग गर्ने सम्भावनाहरुको खोजी गर्नेछु । यहाको एसिस्टेन्टसीप र  शैक्षिक अवसरको बारेमा आम नेपालीलाइ जानकारि गराउने छु र समस्यामा परेका विद्यार्थीहरुलाइ सहयोग गर्ने संयन्त्र निर्माण गर्नेछु । अमेरिकामा रहेका नेपाली विद्यार्थी र नेपालबाट अमेरिका आउन चाहने विद्यार्थीलाइ शैक्षिक परामर्शको लागी उपयोगी हुने संयन्त्र पनि निर्माण गर्नेछु, जुन यहाँको कलेज छनोटदेखि लिएर अमेरिका आए पछि आइपर्ने सम्भावित समस्याहरु समााधानमा सहयोगी हुनेछ । साथै म विभिन्न विश्वविद्यालयमा रहेका नेपाली र  इन्टरनेशनल स्टुडेन्स् एसोसिएसनहरु तथा अल्मुनाइ मार्फत नेपाली विद्यार्थीहरु रिच आउट गरेर संगठन विस्तारमा खट्ने छु ।

अमेरिकामा अध्यायनरत विद्यार्थीहरुलाइ तपाइ के मेसेज दिन चाहनु हुन्छ ?

सर्वप्रथम म यहाँ अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुमा सहयोगको लागी अनुरोध गर्दछु । नेविसंघ अमेरिकालाइ  कुनै पार्टिको भातृ संगठनको रुपमा  मात्र नहेरिदिन आग्रह गर्दछु बरु यो समस्त नेपाली विद्यार्थीको लागी सहयोगी र समन्वयकारि संस्था हो । यहाँ विश्वविद्यालयहरु महंगा छन् तर त्यसको समाधानार्थ विभिन्न फन्डिंगका जि.ए.टि.ए. एवं आर.ए.का श्रोतहरु हुन्छन् । यो बिषयमा मैले लामो समयदेखी काम गरिरहेको छु । त्यसलाइ हासील गर्नको लागी म उचित परामर्श दिन तयार छु । म विद्यार्थी संघको संयोजकको नाताले निशुल्क सेवाप्रदान गर्नेछु । मलाइ मेरो फोन नं, ६४६६७१२७१३ वा इमेल, [email protected] र फेसबुकमा पनि संपर्क गर्नसक्नु हुनेछ ।

तपाइलाइ संयोजक तोकिएको , विद्यानतः अधिवेशन चाहिँ कहिले गर्नुहुन्छ ?

म हाम्रा योजनाहरु कार्यन्वयन गर्नका सर्वप्रथम सबैपक्ष समेटेर एक शसक्त टिम निर्माण गर्नेछु । यहाँको विश्वविद्यालयका विद्यार्थीहरुको माझमा पुग्ने छु र संगठित गर्ने प्रयास गर्नेछु । एक संरचना निर्मार्ण भैसके पछि जनसंपर्कका अग्रज, सल्लाहकार र नेविसंघको केन्द्रिय नेतृत्वसंग परामर्शका आधारमा उचित समयमा अधिवेशन गरि आफ्नो जिम्मेवारि हस्तान्तरण गर्नछु ।