१२ बैशाख २०८१, बुधबार
Follow Us

नाइजेरियामा एक नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७४, बुधबार १६:०४

नाइजेरिया । नाइजेरियाको इकोरोडु सहरस्थित रियल स्ट्रक्चर नाइजेरिया लिमिटेड, स्टिल कारखानामा काम गर्ने एक जना नेपालीको मृत्यु भएको छ ।

नवलपरासी फटकी टोला, गुठी पर्सौनी ९ का उनेशराम चमारको कारखानामा काम गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएको हो । दुर्घटना फेब्रुअरी १५ मा भएको हो ।

उनको शवलाई नेपाल पठाउन आवश्यक प्रक्रिया सुरु भइसकेको र यस सम्बन्धमा कम्पनी र नेपाल दूतावस इजिप्टसँग सम्पर्क भइरहेको जानकारी एनआरएनएका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले बताए ।

स्टिल प्लान्टको मेल्टिङ पट भन्ने उपकरणमा मेल्टरको प्राबिधिक रहेका चमारको तातो केमिकल पोखिएर दुर्घटनामा परेका र अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जानकारी कम्पनीले दिएको छ ।