१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विद्यार्थीले निकाले रुखको लहराबाट विद्युत

sarusaru
१० फाल्गुन २०७४, बिहीबार ०३:२४

काठमाडौँ । मुसिकोट नगरपालिका ५ शेरीगाउँस्थित मोर्डन रिसर्च कन्ट्रक्टसन एन्ड कन्सलटेन्सी प्रालिमा नेबल टु इेलेक्ट्रिकल सब ओभरसियल पढिरहेका विद्यार्थीले गुनामौराको रुख र रुखको लहराबाट विद्युत निकालेका छन्।

१० जना विद्यार्थीका टोलीले रुख र लहराबाट १९ भोल्टको विद्युत् निकालेको विद्यार्थी जयबहादुर नाथले बताए। उनीहरुले अघिल्लो बर्ष स्याउ र आलुबाट विद्युत निकालेका थिए। नाथका अनुसार तामा र फलामको प्रयोग गरी विद्युत् निकालिएको थियो।

रुखबाट फलेको फलबाट विद्युत निकाल्न सकिन्छ भने रुखबाट पनि निकाल्न सकिन्छ होल भनने चासो फल भएकोले प्रालिका कार्यकारी निर्देशक भुवननाथ जलनले बताए।
-नयाँ पत्रिकाबाट ।