१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सहमति जुटे आजै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७४, बिहीबार ०६:०४

काठमाडौं । नयाँ सरकारमा मन्त्रालय बाँडफाँडमा सहमति जुटाउन नेकपा एमाले र माओवादीको कार्यदलको बैठक आज बस्दैछ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले नयाँ सरकारमा एमाले र माओवादीले पाउने मन्त्रालयहरुको अन्तिम टुंगो लगाउने बताइएको छ ।

संविधान अनुसार संघीय सरकारमा समावेशी सिद्धान्त बमोजिम बढीमा २५ जना मन्त्री रहने व्यवस्था छ । सोही अनुसार हाल कायम रहेका तीसवटा मन्त्रालयलाई २० भन्दा कममा झारेर बाँडफाँड मिलाउने तयारी दुई दलको छ । मन्त्रालयहरुको संख्या प्रधानमन्त्री कार्यालयसहित २० भन्दा कम नै राख्ने सहमति दुई दलबीच भैसकेको छ ।

मन्त्रालयहरुको संख्या घटाउने काम सकिए प्रधानमन्त्री केपी शर्मा ओलीले आज नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सरकारमा मधेस केन्द्रित दललाई पनि सहभागी गराउने प्रयास दुबै दलले गरिरहेका छन् । गत बिहीवार गठित ओली नेतृत्वको तीन सदस्यीय मन्त्रिपरिषद्को विस्तार बुधवार नै बिस्तार गर्ने तयारी थियो । मन्त्रालयहरुको संख्या र मन्त्रीहरुबारे निर्णय नभएपछि त्यसमा ढिलाई भएको छ । मन्त्रालयहरुको संख्या घटाउनेसँगै दलभित्रका मन्त्रीपदका आकांक्षीहरु धेरै हुँदा पनि नेताहरुको ब्यवस्थापनमा पनि दुबै दलमा चुनौती देखिएको छ ।