१३ बैशाख २०८१, बिहीबार
Follow Us

पर्यटन बोर्डको घोटाला प्रकरण: निरौलालाई ७ वर्ष कैद र ८० लाख जरिवाना

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७४, बिहीबार १२:४३

काठमाडौं । नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा विशेष अदालतले तीन जनालाई दोषी ठहर गरेको छ । बोर्डको घोटाला प्रकरणमा सुवास निरौलासहित तीन जनालाई दोषी ठहर गरेका हुन् ।
२० जनाले भने सफाइ पाएका छन् । विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार जरिवाना पनि तोकेको छ । अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाएको छ भने महेन्द्र खनाल पनि दोषी ठहर गरेका हुन् ।