७ बैशाख २०८१, शुक्रबार
Follow Us

जीप दुर्घटनामा चार जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७४, बिहीबार १२:४८

काठमाडौं । महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप दुर्घटना भएको छ। जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको हो। लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको मृत्यु र तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले बताए । मृत्यु हुनेमा महाबु-५ का श्रबणकुमार शाही, वडा नं. ३ कि निर्मला पाण्डे र वीरेन्द्रनगर सुर्खेतका तिलक ढकाल र वडा नं. ६ की निर्मला शाही रहेका छन् । एक जनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी टोली दुर्घटना स्थलतर्फ गएको छ ।