१५ चैत्र २०८०, बिहीबार
Follow Us

अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट वितरण तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७४, बिहीबार १२:५६

काठमाडौं । सवारी–साधनमा अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट वितरणकार्य तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सामाजिक अभियन्ता भरत बस्नेतले जारी गरेको रिटमा सुनुवाइ गर्दै बिहीबार सो आदेश जारी गरेको हो ।

संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख भएको र यातायातसम्बन्धी ऐन–नियममा पनि नेपालीमै नम्बर प्लेट वितरण हुने व्यवस्था रहेको आदेशमा उल्लेख छ । कारणदेखाऊ आदेश जारी गर्दै थप छलफलका लागि विपक्षीलाई झिकाउने पनि आदेशमा उल्लेख छ । अन्तरिम आदेशको पक्षमा वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, तुलसी भट्ट, बालकृष्ण न्यौपानेलगायतले बहस गरेका थिए ।