१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रपतिको निर्वाचन फागुन २९ मा

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७४, बिहीबार १४:१५

काठमाडौं । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज निर्वाचन आयोगमा बसेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४, उपदफा (२) को व्यवस्थाबमोजिम सो मिति तोकेको आयोगका प्रवक्ता नवराज ढकालले बैठकपछि प्रेस विज्ञप्ति जारी गरी जानकारी दिनुभयो ।

सो दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिको निर्वाचनका लागि मतदान हुने समय तय गरिएको छ । आयोगले राष्ट्रपतिको निर्वाचनको मिति तय गर्नुअघि प्रधानमन्त्री तथा राजनीतिक दलका प्रतिनिधिसँग परामर्श गरेको थियो ।