१५ चैत्र २०८०, बिहीबार
Follow Us

काजी र बादलले मन्त्री छान्ने

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७४, शुक्रबार ०५:३५

काठमाडौं । आकांक्षी धेरै भएपछि माओवादी केन्द्रले मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । केपी ओली सरकारमा माओवादीले सात मन्त्रालय पाएको छ । तर, दर्जन बढी नेतारु मन्त्रीको दावेदार छन् । प्रचण्डको निवास खुमलटारमा बसेको सचिवालयको बैठकमा पनि धेरै नेता मन्त्रीका आकांक्षी देखिएपछि नाममा सहमति हुन नसकेपछि मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई दिइएको छ ।
माओवादीबाट नेता रामबहादुर थापा बादलले उपप्रधान तथा गृहमन्त्री दाबी गरेका छन् । वर्षमान पुन र जनार्दन शर्मा पनि गृहमन्त्रीका दावेदार हुन् ।
शक्ति बस्नेतले भौतिक पूर्वाधार मन्त्रालयमा दावी गरेका छन् तर, यो एमालेको भागमा परेको छ । मातृका यादव, हिमाल किराती, राम कार्की, लेखराज भट्ट, पम्फा भुसाल देव गुरुङ र देवेन्द्र पौडेल पनि मन्त्रीका दावेदार हुन् ।