१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आज मन्त्रिपरिषद विस्तार हुने

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७४, शुक्रबार ०५:४३

काठमाडौं । पार्टी एकता, सरकार विस्तार लगायत विषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक अहिले बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहिबेरमा शुरु हुने बैठकमा मन्त्रीपरिषद विस्तारसँगै मन्त्री बन्नेहरुको नामबारे छलफल हुनेछ । माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाँडबारे मोटामोटी सहमति भइसकेकाले आफ्नो भागमा परेका मन्त्रालय सम्हाल्ने मन्त्रीहरुको नाम टुंगो लगाएर आजै मन्त्रीपरिषद विस्तार गर्ने तयारी रहेको एमालेका नेताहरुले बताएका छन् ।
एमाले र माओवादी केन्द्रबीच हिजो केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदसहित १८ वटा मन्त्रालय राख्ने सहमति भएको थियो । यस्तै, एमालेले ११ र माओवादीले ७ मन्त्रालय पाउने सहमति भएको छ । तर, संघीय समाजवादी फोरम पनि सरकारमा आउन सकारात्मक भएकाले फोरमलाई दुई वा तीन मन्त्रालय दिनुपर्ने भए त्यसै अनुसार मन्त्रालय बाँडफाँट गर्न एमाले र माओवादी सहमत छन् ।