६ बैशाख २०८१, बिहीबार
Follow Us

तीन नेतालाई माओवादीले पार्टीबाट हटायो

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७४, शुक्रबार ०५:४९

काठमाडौं । माओवादी केन्द्रले आफ्ना तीन नेतालाई पार्टीबाट हटाएको छ । हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको हो ।
माओवादी बैठकले तीन नेता ‘पार्टीमा नरहेको’ सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो । माओवादीले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेलगत्तै तीन नेताले एकताको विरोध गर्दै माओवादी केन्द्र पुनगर्ठनको घोषणा गर्नु भएको थियो । हामीले यसै विषयमा नेता गोपाल किराँतीसँग कुरा गरेका छौं ।